इन्डोनेसियामा बाइडेन र सीबीच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १७:१८ बजे
बाइडेन र सीबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इन्डोनेसियाको बालीमा भेटवार्ता भएको छ । सीएनएनका अनुसार अहिले दुवै नेताको उपस्थितिमा दुई पक्षिय वार्ता भइरहेको छ ।

सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हो । सी माओ त्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गरेका छन् । 

कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भएको यस भेटवार्तालाई विश्वभर विशेष चासोका साथ हेरिएको छ ।

जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।

वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

२०७९ कात्तिक २८ १७:१८ बजे

प्रतिक्रिया