हवाई मार्गमा क्यामेरा जडान गर्न आविष्कार केन्द्र र प्राधिकरणबीच सम्झौता

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ १२:१० बजे
हवाई मार्गमा क्यामेरा

काठमाडौं  । पोखरा-जोमसोम हवाई मार्गमा क्यामेरा जडान राष्ट्रिय आविष्कार केन्द्र र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउनको लागि क्यामेरा जडानको काम सुरु गरेको प्राधिकरणले जनाएको छ ।

यहि योजना अन्तर्गत पोखरा जोमसोम बिचको भागमा पर्ने हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न आवश्यक परेको हुँदा राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी अगाडि बढेको प्राधिकरणकले जनाएको छ । 

यो क्यामेरा मार्फत् पोखरादेखि जोमसोम जाने हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्छ । यो क्यामेरा ३३०० मिटर र २३०० मिटर अग्लो डाँडामा राखिएको छ । यसले नेपालको पहाडी भेगमा हवाईजहाज उडाउने पाइलटहरुलाई मद्दत पुग्ने  छ । 

२०७९ कात्तिक २८ १२:१० बजे

प्रतिक्रिया