कार्यकर्ता कुटिएको भन्दै दार्चुलामा सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ ११:२० बजे

काठमाडौं । आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनका कार्यकर्ताहरुले सडक अबरुद्ध गरेको छ । 

प्रहरीका अनुसार गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच आइतबार झडप भएको थियो ।

गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने अडान लिएका छन् । जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए ।

नेकपा माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताए । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षाबैठक राखेर सडक खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेका कारण नसकिएको बताएका छन् । 

२०७९ कात्तिक २८ ११:२० बजे

प्रतिक्रिया