काठमाडौं । टी–२० विश्वकपको फाइनल खेल आज लुबर्न क्रिकेट मैदानमा हुँदैछ । इङ्ल्यान्ड र पाकिस्तानको टोलीले यो उपाधि दोस्रो पटक जित्ने छ । पाकिस्तान सन् २००९ मा टी–२० च्याम्पियन बनेको थियो भने इङ्ल्यान्ड सन् २०१० मा टी–२० च्याम्पियन बनेको थियो । पाकिस्तानले सेमिफाइनल खेलमा न्युजिल्यान्डमाथि शानदार जित दर्ता गरेको थियो भने इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । खराब सुरुवातपछि पाकिस्तानले प्रतियोगितामा शानदार पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको छ ।
इंग्ल्याण्डको टोली : जोस बटलर (कप्तान), एलेक्स हेल्स, फिल साल्ट, ह्यारी ब्रुक, लियाम लिभिङ्स्टन, आदिल राशिद, मोइन अली, बेन स्टोक्स, डेभिड विली, क्रिस वोक्स, क्रिस जोर्डन, डेभिड मलान, साम कुरान, मार्क वुड, टिमल मिलहरू
पाकिस्तान टोली : बाबर आजम (कप्तान), मोहम्मद रिजवान, शान मसूद, इफ्तिखार अहमद, मोहम्मद हरिस, खुशदिल शाह, आसिफ अली, हैदर अली, मोहम्मद वसीम, नसीम शाह, हरिस रउफ, शादाब अहमद, मोहम्मद नवाज, शाहीन शाह अफ्रिदी, मोहम्मद हसनाइ
प्रतिक्रिया