हिमपातको सम्भावना

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २७ ०६:२२ बजे

काठमाडौं । हाल देशमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश नं १ र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

आज राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम  प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

सोमबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम  प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

मंगलबार दिउँसो देशको पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुका हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती र प्रदेश नं १ का हिमाली भू-भागका एक वा दूई स्थान हल्का हिमपातको संभावना रहेको छ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली, गण्डकी र प्रदेश नं १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूर पश्चिम  प्रदेशहरुका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउनुहुन अनुरोध छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेकोहुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।

२०७९ कात्तिक २७ ०६:२२ बजे

प्रतिक्रिया