काठमाडौं । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका – ६ पाटोवल आसपास केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएपछि स्थानियहरुमा डर छाएको छ ।
शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प गएको हो । खप्तड राष्ट्रिय निकुञ्ज आसपास भूकम्पका पराकम्पनसमेत गई रहेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पाटादेबलमा केन्द्र बिन्दु बनाएर शनिवार राति आएको भुकम्पले खप्तड छान्ना गाउँपालिका – ४ बस्ने ईश्बर प्रसाद जोशीको घर भत्केको छ। गाउँपालिका भित्रका अधिकांस घरहरु चर्केर बस्न योग्य समेत नभएका स्थानीयले बताएका छन् ।
भुकम्पका कारण यहाँको स्थानिय त्रसित बनेका छन । स्थानियहरु फेरि भुकम्प आउन सक्ने डरले घर भन्दा बाहिर आगो वालेर बसिरहे।
बझाङका प्रमख जिल्ला अधिकारी बाबुराम अर्यालले कुनै मानबिय क्षती नभएको बताउँदै पाटादेबल प्रहरी चौकी , खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको नेपाली सेनालाई परिचालन गरिएको बताएका छन् ।
प्रतिक्रिया