काठमाडौं । सरकारले पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिवर्तन गरेको छ । ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इनएक्टिभेटेड पोलियो भ्याक्सिन लगाउने तालिका परिवर्तन गरेको जनाएको छ ।
सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
महाशाखाका अनुसार हाल प्रभावकारिताका लागि पोलियो विरुद्धको खोपको समय तालिका परिवर्तन गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ हप्तामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्ष भित्रका बालबालिकालाई ८ हप्ताको फरकमा खोप दिँदै आइएको थियो ।
विश्व स्वास्थ्य संगठनको सुझावका आधारमा खोप सल्लाहकार समितिले एफआईपिभी नियमित खोप प्रत्येक बालबालिकालाई पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा ९ महिनामा दिन भनेको छ ।
प्रतिक्रिया