अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति बिच भेटवार्ता हुँदै

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ११:१७ बजे
भेटवार्ता

काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेनले र चीनका राष्ट्रपति सि जिनपिङ बिच भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार दुई राष्ट्रपतिबीच इन्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनमा आगामी सोमबार भेटवार्ता हुने भएको छ । 

अमेरिकाले आगामी शिखर सम्मेलनलाई चीनसँग बिग्रेको सम्बन्ध सुधार्न उपयोग गर्ने नीतिअनुरुप राष्ट्रपति सिसँग भेटवार्ता गर्न लागेको बताइएको छ ।

भेटमा दुई मुलुकबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय परिस्थिति र साझा चासोका विषयमा छलफल गरिने ह्वाइट हाउसले जनाएको छ । 

२०७९ कात्तिक २५ ११:१७ बजे

प्रतिक्रिया