हिमाली भु-भागका केहि स्थानमा हिमपात

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ०६:४५ बजे
हिमपात

काठमाडौं । हाल देशमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  जल ताथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि संभावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र  देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

शनिबार दिउँसो  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

शनिबार राती  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आईतबार दिउँसो प्रदेश १, गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

आइतबार राती गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

चेतावनी तथा परामर्श 

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला । साथै तापक्रममा कमी आउने संभावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला।

२०७९ कात्तिक २५ ०६:४५ बजे

प्रतिक्रिया