आधा सेकेन्डमै सिटी स्क्यान

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ०६:२५ बजे
सिटी स्क्यान

काठमाडौं । नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो ।  अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे । 

कार्यकारी निर्देशक डा.श्रेष्ठले उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भएको बताए। उनका अनुसार मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ । उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटर अत्यधिक गुणस्तरीय रहेको भन्दै उक्त अपरेसन थिएटर नेपालमा पहिलो पटक ल्याउन सकेको बताए । अन्य सरकारी तथा निजी अस्पतालमा उक्त अपरेसन थिएटर नभएको उनको भनाइ छ । 

श्रेष्ठले मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’का लागि नेपालीले भारतमा गएर १५\२० लाख खर्चने गरेको भन्दै नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा उक्त सेवा दिने बताए । उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेको जानकारी दिए ।आजको गोरखापत्रदैनिकबाट । 

२०७९ कात्तिक २५ ०६:२५ बजे

प्रतिक्रिया