माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा ११ जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १४:३९ बजे
माल्दिभ्स

काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा परि ११ जनाको ज्यान गएको छ । आगलागीमा केही घाइते भएका छन् ।

आप्रवासी कामदार बस्ने एक भवनमा भएको आगलागीबाट ११ जनाको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ । ज्यान गुमाउनेमध्ये आठ जना भारतीय कामदार रहेका छन् ।

भवनको भुइँ तलामा रहेको गाडीको ग्यारेजबाट आगो लाग्न सुरु भएको खबरमा उल्लेख छ । आगो निभाउन चार घण्टा लागेका कारण मानवीय क्षति भएको दमकल विभागका एक अधिकारीले बताएका छन् ।

यसैबीच भारतीय उच्च आयोगले आफ्ना नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र अन्य जानकारीका लागि माल्दिभ्सका अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको जनाएको छ ।

२०७९ कात्तिक २४ १४:३९ बजे

प्रतिक्रिया