सामान्य विवाद हुँदा करूवा प्रहार गरेर श्रीमतीको हत्या

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १३:४८ बजे
हत्या

काठमाडौं । पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको  ज्यान गएको छ। 

बुद्धशान्ति गाउँपालिका वडा-१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा  हानदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । 

उनीहरूको स्थानीय बुधबारे बजारमा सुन चाँदीका गरगहनाको पसल गर्दै आएका थिए। सामान्य विवादामा ३२ वर्षीय रघुनाथ गोरडले पानी पिउन प्रयोग गरिने करूवा प्रहार गरी श्रीमतीको हत्या  गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

२०७९ कात्तिक २४ १३:४८ बजे

प्रतिक्रिया