ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा टेलिकमको डेटा निःशुल्क

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १३:२२ बजे
ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क डेटा पाइने भएको छ । नेपाल टेलिकमको नेटवर्कमा बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा डेटा शुल्क नलाग्ने भएको हो । 

बैंकले केही समय अघि मात्र आफ्नो नयाँ मोबाइल बैंकिङ एप ल्याएको  थियो । नेपाल टेलिकमसँगको सहकार्यले अब वाई(फाई नहुँदा वा मोबाइलमा ब्यालेन्स तथा डेटा प्याकेज नहुँदा समेत यो एप प्रयोग गर्न सकिने छ ।

२०७९ कात्तिक २४ १३:२२ बजे

प्रतिक्रिया