राष्ट्रपति भण्डारीलाई आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १२:४२ बजे
डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरीएको छ । उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले अवार्ड प्रदान गरेकी हुन्।

उक्त कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए । राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी हुन्।

२०७९ कात्तिक २४ १२:४२ बजे

प्रतिक्रिया