मिस नेपालले चेतनामूलक अभियानमा महानगरसँग सहकार्य गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ ११:४३ बजे
चेतनामूलक अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले मिस नेपालसँग  चेतनामसलक कार्यक्रममा सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार  कुराकानि भएको हो । 

मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठ सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको  कुराकानि भएको हो । महानगरले सञ्चालन गर्ने जनचेतनामूलक कार्यक्रममा मिस नेपालसँग सहकार्य गर्नेबारे छलफल भएको निर्देशक कंसाकारले जानकारी दिए ।

भविष्यमा मिस नेपाललाई महानगरको सद्भावना दूतको रुपमा नियुक्त गर्ने सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ । 

२०७९ कात्तिक २४ ११:४३ बजे

प्रतिक्रिया