काठमाडौं । विभिन्न ४ कम्युनिस्ट पार्टीहरूले आगामी मंसिरमा हुने निर्वाचन को विरोध (अवज्ञा) कार्यक्रम गरेका छन् ।नेकपा (मशाल) ,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (वहुमत)र माओवादी कम्युनिष्ट पार्टी समेत ४ क्रान्तिकारी पार्टीको आयोजनामा काठमाडौंको रत्नपार्कमा निर्वाचन बहिष्कार सभा सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा मशालका महासचिव सन्त बहादुर नेपालिले आफूहरूले निर्वाचनको विरोध गरी रहेका वेला सरकारले आफूहरू माथि धरपकड गरिरहेको बताएका छन् । उनले भने सरकारको यो कदमको म भर्त्सना गर्न चाहन्छु । उनले भने , 'हामिलाई थाहा छ हामिले कम्युनिस्ट आन्दोलनमा थुप्रो जनताहरूले रगत बगाएका छन् । ६२\६३ सालमा लाखौँले रगत बगाएका थिए । जनता सडमा उत्रिएका थिए । हामिले संविधान बनाउन लाग्दाखेरी हाम्रो संविधान हामी आफैले बनाउन पाएनौँ, चार चार वर्ष सम्म त्यतिकै खेर गयो । अनि गएर बल्ल २ वर्ष पछि संविधान बन्यो । तर, त्यो संविधान आफ्नो अनुकुल बनेनन् । नेपाली जनताले आन्दोलन गर्ने हामिले रगत बगाउने निरन्तर निरंकुश शासकहरुलाइ सत्तामा पुर्याउने अनि यो देशमा आउने को त भन्दा दलाल पुँजीवादि ।'
उनले भने , 'आज दलाल नोकर शाह पुँजीवादी आएको सबै ठाउँमा उसले नै कब्जा गरी रहेको बताएका छन् । उनले भने, 'नेपाली कांग्रेस जुन वेला सत्तामा गयो त्यो वेला देशका नदीनालाहरू भारतलाई सुम्पने काम गर्यो । तर आफूलाई कम्युनिस्ट भन्ने दलहरू शासक बने उनीहरूले देशका अन्य नदीनालाहरू पनि बेच्ने काम गरे । आज सत्तामा बसेर विभिन्न काण्डहरू, राष्ट्रियताको सौदाबाजी यि दलहरूले गरी रहेका छन् ।'
उनले आफूले MCC विरुद्धमा ठुलो आन्दोलन गरेको तर जसले हामिले यसलाई पास गर्न दिदैनौँ भनेका थिए तिनीहरू राताराता व्याख्यात्मक टिप्पणी आधारमा एक्सी पास गरेको बताएका छन् । जनता नउठेको भए SPP पनि पास हुने बताउँदै उनले अब SPP पनि पास हुने खुलासा गरेका छन् । उनले अहिलेका ठूला दलहरूले अहिले जनतालाई सडमा आउन नदिएको पनि आरोप लगाएका छन् । उनले MCC पास भयो भने राजनीति छोड्छौं भनेका नेताहरुलाइ इंगित गर्दै तिनीहरू आफ्नो मजबुरी देखाएको बताएका छन् ।
उनले देशको र राष्ट्र विरुद्धमा भएरहेका कामहरूको बारेमा आफू निरन्तर सडमा चिच्याइ रहेको बताएका छन् । अहिले नेपालमा सामान्य मानिसले आफ्नो आधारभुत आवश्यकताहरू पुरा गर्न नसक्ने अवस्था रहेको बताएका छन् । यदि कोही नेताको वा सांसदको आसेपासे भए सहजै उपचार पाउने गरेकाले उनले दलाल संसदीय प्रणाली नै खराब भएको बताएका छन् । उनले देशमा लगातार आफू १९५० को सन्धि खारेज गर्नुपर्छ भनेर आवाज उठाइरहेका बताएका छन् । त्यसको लागि इपिजि तयार भएको तर भारतले त्यो कुरा नमाने पछि नेपालका नेताहरूले कुनै कूटनीतिक पहल नगरेको बताएका छन् ।
कार्यक्रममा विभिन्न ४ वटा पार्टीका शीर्ष नेताहरू सहभागि रहेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादीका) महासचिव मोहन वैद्य, नेकपा बहुमतका केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला नेकपा मशालका महासचिव सन्त बहादुर नेपाली , माअाेवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किराती र माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आर्यन पाल लगायतका नेताहरूले सम्वोधन गर्नु भएको थियो।
प्रतिक्रिया