अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २३ १२:०३ बजे
अमेरिकी सांसद

काठमाडौं । अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् ।  डेमोक्रयाट उम्मेदवार  बनेकी उनि विजयी भएकी हुन् । 

उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी  अमेरीकी नागरीक हुन् ।  तर महिलाहरूको तर्फबाट भने उनी पहिलो बनेकी छन् । उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत  ल्याइन । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई पराजित गरेकी हुन् । 

श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन । न्युयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।

यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा.ह्यारी भण्डारी  विजयी भएका छन् । उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् । अझै केही मत पेटिकाबाट आएका मतपत्र गन्न बाँकी  रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ । उनले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिएका छन् । डा.भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जनसंख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् ।

२०७९ कात्तिक २३ १२:०३ बजे

प्रतिक्रिया