अमेरिकामा मध्यावधि चुनाव : बाइडेनको पार्टी दुबै सदनमा पछाडि

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २३ ११:२७ बजे
बाइडेन

काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्स ९प्रतिनिधि सभा० मा रिपब्लिकन पार्टी निकै राम्रो अवस्थामा रहेको देखिन्छ । १ सय ५४ सिटमा अग्रता लिएर रिपब्लिकन पार्टीको बहुमत लगभग निश्चित मानिएको छ । ४३५ सिट भएको सदनमा बहुमतका लागि एउटै दललाई २१८ सिट चाहिन्छ ।

यद्यपि, सिनेटमा भने डेमोक्र्याट र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा छ ।तर, यहाँ पनि रिपब्लिकनले डेमोक्र्याटलाई उछिनेको देखिन्छ । सिनेटमा हाल डेमोक्र्याटको ४१ सिट छ भने रिपब्लिकन ४३ सिटमा अगाडि छन् । यहाँ बहुमतका लागि ५० सिट आवश्यक छ ।सिनेटमा यी दुई दलबीच निकै प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४ सय ३५ र सिनेटका ३४ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । यसका साथै राज्यहरूले आफ्ना गभर्नरहरू पनि चयन गर्नेछन् ।

यद्यपि, अमेरिकी राष्ट्रपति जो बाइडेन यो चुनावमा सहभागी छैनन् न नै उनको वर्तमान कार्यकालमा यो नतिजाको कुनै असर पर्नेछ तर मध्यावधि निर्वाचनले राजनीतिको भावी दिशा र जनताको मूडलाई संकेत गर्छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस, जसलाई २०२४ चुनावका लागि रिपब्लिकन दाबेदार मानिँदै छ, उनी एकपटक पुनः विजयका लागि अग्रसर छन् । विस्कन्सिन, पेन्सिलभेनिया, नेभाडा, जर्जिया र एरिजोनामा ठूलो भीडन्त हुने अनुमान गरिएको छ ।

किन हुन्छ मध्यावधि चुनाव? 

नोभेम्बर २०२० मा, जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भए । दुई वर्षपछि मध्यावधि निर्वाचनको मिति तय भएको छ । नामले नै स्पष्ट हुन्छ कि मध्यावधि चुनाव राष्ट्रपतिको कार्यकालको बीचमा हुने गर्छ । अर्थात् राष्ट्रपतिको निर्वाचन भएको दुई वर्षपछि र अर्को निर्वाचनभन्दा दुई वर्ष अगाडि । यो निर्वाचनको नतिजाले जनताले वर्तमान सरकारको काम र देशको मुड कस्तो छ भनेर जानकारी दिने विश्वास गरिन्छ । बीबीसी


२०७९ कात्तिक २३ ११:२७ बजे

प्रतिक्रिया