काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार राति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर(३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन गरेका छन् ।
घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई गृहमन्त्रीले निर्देशन दिएका हुन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिएका छन्।
उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
प्रतिक्रिया