काठमाडौं । कक्षा १२ को पुरक परीक्षाको नतिजा मंसिर दोस्रो साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पुरक परिक्षाको नतिजा मंसिर दोस्रो साताभित्र सार्वजनिक गर्ने जनाएको छ ।
नतिजा सार्वजनिक गर्न मंसिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनले ढीला भएको बोर्डले जनाएको छ । कात्तिकमा नतिजा सार्वजनिक गर्नुपर्ने भए पनि केहि ढिलाई भएको बोर्डले जनाएको छ ।
बोर्डले ३०,३१ असोजमा कक्षा १२ को पूरक परीक्षा सञ्चालन गरेको थियो । गत १७ भदौ मा प्रकाशित भएको नतिजाअनुसार एक लाख ८८ हजार ४ सय १० विद्यार्थीले पुरक परिक्षा दिएका थिए । जसमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले पुरक परिक्षा दिएका थिए ।
प्रतिक्रिया