काठमाडौं । डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको ज्यान गएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्किएर तीन जनाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाको टोली खटिएको छ । यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।
प्रतिक्रिया