काठमाडौं । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ। आज नदी किनारमा बिहानदेखि स्नान गर्ने प्रचलन रहेको छ । जहाँ श्रदालुहरुको घुइचो लागेको छ ।
कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको घुइचो लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने जनविश्वास रहेको छ।
प्रतिक्रिया