काठमाडौं । नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै धादिङबेसीको नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरूले हिजो प्रदर्शन गरेका हुन् ।
सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले परीक्षा सम्पन्न भएको लामो समयसम्म पनि त्रिभुवन विश्वविद्यालयले प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै विरोध गरेका हुन् ।
‘सँधै सँधै दुःख दिन पाइँदैन, यस्तो प्रणाली चाहिँदैन’, ‘संख्यामा विश्वकै पहिलो गुणस्तरमा विश्वकै अन्तिम,’ भन्ने नारा लेखिएको प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको छ ।
त्रिविले यता १५ महिना भन्दा धेरै समय भए पनि स्नातक तह प्रर्थम वर्ष विभिन्न विषयको नतिजा प्रकाशन गर्न सकेको छैन् । उसो त त्रिविले परिक्षा लिएको ३ महिना भित्र परिक्षाफल प्रकाशित गर्नुपर्ने प्रवधान रहेको छ । परिक्षाफल बारेमा बुझ्न सम्पर्क गर्न खोजे त्रिविको फोन नै नउठ्ने समस्या रहेको छ ।
प्रतिक्रिया