नेडाकको उपाध्यक्षमा उप्रेती निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० १३:०० बजे
नेडाक

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासको संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् ।

 बैंकको साधारण सभाले तेस्रो कार्यकालको लागि उप्रेतीलाई निर्वाचित गरेको हो । अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित छन् । नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने भएको छ ।

बंसल सहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल स्पेशल इन्भाइटमा निर्वाचित भएकी छन् ।

सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । बैंककमा सचिवालय रहेको नेडाक, ९ एसियन राष्ट्रका १६ संस्थाको संजालबाट शुरु भएको थियो ।

हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् ।

२०७९ कात्तिक २० १३:०० बजे

प्रतिक्रिया