युक्रेनको उर्जा र खानेपानीको संकट सामाधानमा जी-७ राष्ट्रहरुको चासो बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० १२:०६ बजे
युक्रेन युद्ध

काठमाडौं । जी–७ राष्ट्रहरूले रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र खानेपानीको संकट समाधान गर्नका लागि संयन्त्र बनाउने भएका छन् । जी–७ राष्ट्रहरूले संकट समाधान गर्नका लागि संयन्त्र बनाउने घोषणा गरेका हुन् । 

युक्रेनमा देखिएको चरम ऊर्जा, पानी संकट, पूर्वाधारको मर्मत, पुनस् स्थापना र रक्षा गर्न जी–७ समन्वय संयन्त्र स्थापनामा एकजुट हुने प्रतिवद्धता जी–७ विदेश मन्त्रीहरूले प्रतिवद्धता गरेका छन् । ती राष्ट्रहरूले रुसलाई तत्काल युद्ध रोक्न, सैन्य आक्रमण र सैन्य सामग्री फिर्ता लिन आग्रह गरेका छन् ।

साथै उनीहरूले पछिल्ला दिनमा रुसले ऊर्जा क्षेत्रलाई लक्षित गरेर इरान निर्मित ड्रोन र अन्य मिसाइल हतियार प्रयोग गरी गरेको आक्रमणको कडा शब्दमा निन्दा  समेत गरेका छन् । ती राष्ट्रहरुले मध्यपूर्व र वरपर इरानको निरन्तर अस्थिर गतिविधिको कडा शब्दमा निन्दा गरेका छन् ।

जी–७ राष्ट्रहरू शान्ति र स्थिरताको पक्षमा रहेको सबै विषय र क्षेत्रमा देखिएका विवादको शान्तिपूर्ण समाधानका पक्षमा रहेको एक विज्ञप्ती मार्फत जनाएका छन् । 

२०७९ कात्तिक २० १२:०६ बजे

प्रतिक्रिया