काठमाडौं । नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा सैनिक आभ्यास ‘सूर्य किरण’ आजबाट शुरु गरेका छन्। रुपनदेहीको सालझण्डीमा उक्त सैनिक आभ्यास ‘सूर्य किरण’ शुरु भएको हो ।
प्रधान सेनापति प्रभुराम शर्माले उक्त संयुक्त सैन्य आभ्यासको उद्घाटन गरेका हुन् । सेनाले सार्वजनिक नगरेको उक्त संयुक्त आभ्यासमा भारतीय सेनाका उच्च सैन्य अधिकारी सहितको एक कम्पनी त्यहाँ आइपुगेको छ।
लामो समयदेखि नेपाल र भारतका सैन्य आधिकारीहरुबीच उक्त सैन्य आभ्यास हुँदै आएको छ।
प्रतिक्रिया