दक्षिण कोरियामा एकैदिन ४३ हजारमा कोरोना संक्रमण

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १६:०३ बजे
कोरोना संक्रमण

काठमाडौं । दक्षिण कोरियामा बिहीबार मध्यरातसम्मएकैदिन ४३ हजार चार सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।  

 इद्देपी, दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम हो । बुधबार सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ पुगेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । 

पछिल्लो २४  घन्टामा कोरोनाबाट थप ५३ जनाको ज्यान गएको छ । हालसम्म दक्षिण कोरियामा कोरोनाबाट २९ हजार तीन सय १५ जनाको मृत्यु भएको  छ ।

२०७९ कात्तिक १८ १६:०३ बजे

प्रतिक्रिया