गोरखामा पुगेर प्रचण्डले भने– म प्रधानमन्त्री हुनसक्छु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १३:३० बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामि निर्वाचनपछि आफू प्रधानमन्त्री हुने बताएका छन् । चुनावी प्रचारप्रसारक्रममा गोरखा पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

त्यहाँबाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे प्रदेशका मुख्यमन्त्री हुने सम्भावना पनि उत्तिकै रहेको प्रचण्डको दाबी रहेको छ । विकास र समृद्धिको सपना बोकेर आफू गोरखा आएको बताउदै उनले आफूलाई जिताएर संसारलाई देखाउन अनुरोध समेत गरे ।

उनले भने ,‘सुरेन्द्र पाण्डेजी खाली प्रदेशसभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ। ‘मलाई सुरेन्द्रजीहरुले भन्ने गरेको जस्तै यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ ।’

२०७९ कात्तिक १८ १३:३० बजे

प्रतिक्रिया