७ दिनमा ७ निर्णय यसरी-परिवर्तन भयो ट्विटर

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ १३:४३ बजे
इलोन मस्क

काठमाडौं । ट्विटरका नयाँ मालिक एलोन मस्क आफ्नो  निर्णयका लागि परिचित छन् । टेस्ला होस् वा स्पेसएक्स, मस्कले सधैं आफ्नो मनले चाहेको कुरा गरेको छन् । अहिले ट्विटरका मालिक बनेपछि उनी लगातार चर्चामा रहेका छन् । मस्कबाट ट्विटर किन्ने राउण्ड अप्रिल २०२२ देखि चलिरहेको थियो र अन्ततः नोभेम्बर २७ मा मस्क ट्विटरको मालिक बने। उनले ट्विटर सम्हाल्नेबित्तिकै छिटो विभिन्न निणर्य लिए । 

ठूला निर्देशकहरूलाई बाहिरको बाटो देखाउनेदेखि ब्लुटिक प्रमाणीकरणका लागि पैसा असुल्ने  मस्का प्रमुख निणर्यहरु हुन् । एलोन मस्कले ७ दिनमा ७ ठूला निर्णय लिएर विश्वलाई चकित पारेका छन् ।

उनले सात दिनमा लिएका निणर्यहरु 

नोभेम्बर २ – मस्कले ट्विटरबाट करिब ३७०० कर्मचारीलाई बाहिरिने बाटो देखाउने स्पष्ट पारेका छन् । ब्लूमबर्ग रिपोर्टका अनुसार यो निर्णय शुक्रबार सम्म लिइनेछ।

नोभेम्बर १- मस्कको ट्वीट ट्विटरमा सबैभन्दा प्रचलनमा छ, जसमा उनले अब ट्विटरमा ब्लू टिक प्रमाणीकरणका लागि ८ डलर शुल्क तिर्नुपर्ने कुरा स्पष्ट गरे। मानिसहरूले यस विषयमा ट्विटरमा मस्कसँग गुनासो पनि गरेका थिए, तर उनले स्पष्टसँग भनेका छन्, जसले गुनासो गर्न चाहन्छन्, उनीहरूले गर्ने निर्णय गर्छन् ।

अक्टोबर ३१ -यो त्यो दिन थियो जब मस्कले ट्वीट मार्फत पुष्टि गरे कि उनी अब ट्विटरको नयाँ मालिक हुन्। अक्टोबर ३१ मा उनले ट्विटरको सञ्चालक समिति पनि विघटन गरेका थिए । सोही दिन कम्पनीमा ठूलो परिमाणमा कर्मचारी कटौती हुन सक्ने पनि घोषणा गरिएको थियो ।

अक्टोबर ३० -ट्विटरको मालिक बनेपछि, मस्कले ट्विटरमा परिवर्तन गर्न खोजिरहेका छन्। यस एपिसोड अन्तर्गत, उनले प्रयोगकर्ताहरूलाई ट्वीट गरे र भेनी  एप फेरि सुरु गर्ने कि नगर्ने भनेर सोधे। भेनी  वास्तवमा ट्वीटर को छोटो भिडियो एप हो जुन २०१७ मा बन्द भएको थियो।

अक्टोबर २९ – इलोन मस्कले ट्विटरको कमाण्ड पाएलगत्तै जातीय विभेदको मुद्दा चर्को रुपमा उठ्न थाल्यो । यसमा मस्कले जातिवाद र घृणा नीतिमा आफ्नो अडान एकदमै कडा हुने र यसमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

अक्टोबर २८ - ट्विटरको सीईओ बनेको एक दिनपछि, मस्कले ट्विटरको सामग्रीमा काम गर्न एक काउन्सिल गठन गरे। मस्कको यो नयाँ टोलीले ट्विटरमा चलिरहेको सामग्रीको अनुगमन गर्नेछ।

अक्टोब २७  -यो त्यो दिन थियो जब एलोन मस्क आधिकारिक रूपमा ट्विटरको नयाँ मालिक बने र उनी सामेल हुने बित्तिकै उनले ठूलो निर्णय लिए र तीन ठूला विकेट खसे। मस्कले ट्वीटरका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र लिगल हेड विजया गड्डेलाई बाहिरको बाटो देखाएका छन्।

२०७९ कात्तिक १७ १३:४३ बजे

प्रतिक्रिया