निर्वाचनको समयमा नेपाल–भारत सीमा क्षेत्र ७२ घण्टासम्म बन्द रहने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ १२:०० बजे
नेपाल–भारत सीमा

काठमाडौं । आगामि मंसिर ४ गते हुने निर्वाचनको सुरक्षालाई ध्यानमा राखी नेपाल–भारत सीमा क्षेत्र निर्वाचनमा ७२ घण्टासम्म बन्द रहने भएको छ । नेपाल भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठकले नेपालको आसन्न निर्वाचनमा सीमा क्षेत्र वरपर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले ७२ घण्टासम्म सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । 

भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको हो ।बिहारको रक्सौलमा बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सील गर्ने सहमति गरेको हो ।

छ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा उपस्थिति  थियो ।

२०७९ कात्तिक १७ १२:०० बजे

प्रतिक्रिया