स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किए एक बालकको मृत्यु

गाडी चालकलाई नियन्त्रणमा लिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ ११:१९ बजे
बालकको मृत्यु

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको ज्यान गएको छ । 

बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुष्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका हुन् । 

घटना स्कुल बाहिर भएको थियो। गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा  रहेका प्रहरीले बताएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

उनी ५ कक्षामा अध्ययनरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् । पोस्टमार्टमको लागि दाहालको शव टिचिङ अस्पतालमा राखिएको छ।  

२०७९ कात्तिक १७ ११:१९ बजे

प्रतिक्रिया