पाँचवटा सिंह भागेपछि सिड्नीको चिडियाघरमा ‘लकडाउन’

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १६ १५:२३ बजे
पाँचवटा सिंह भागेपछि

काठमाडौं । अस्ट्रेलियाको चिडियाघरमा पाँचवटा सिंह उनीहरूलाई राखिएको ठाउँबाट भागेपछि छोटो समयका लागि आपत्कालीन परिस्थिति निम्तिएको खबर आएका छन्।

एउटा वयस्क र चारवटा डमरु सिड्नीको टारोङ्गा चिडियाघरमा उनीहरूलाई प्रदर्शनीमा राखिएको स्थान भन्दा बाहिर स्थानीय समय अनुसार करिब ६स्३० बजे देखिएका थिए।

त्यसपछि चिडियाघरलाई लकडाउनमा राखिएको र एउटा डमरुलाई बेहोस बनाइएको थियो।तर चिडियाघरका कार्यकारी निर्देशक सिमोन डफ्फीले यसलाई ‘गम्भीर घटना’ भन्दै त्यसबारे अनुसन्धान गरिने बताएका छन्।

उनले स्थानीय सञ्चारमाध्यमलाई सिंहहरू आफूलाई प्रदर्शनीमा राखिएको ठाउँसँगै जोडिएको १०० मिटर दुरीमा रहेको सानो क्षेत्रमा प्रवेश गरेको बताएका छन्। त्यहाँ राति पाहुनाहरू बसिरहेको बताइएको छ।

उनले भने, “कुनै पनि समयमा सिंहहरू त्यो क्षेत्रबाट टाढा गएनन् वा टारोङ्गा चिडियाघरबाट बाहिर निस्केनन,”उनले भने।डफ्फीले त्यो सानो क्षेत्रमा ६ फुटको बार लगाइएको र त्यसका कारण मानिसहरू सुरक्षित दुरीमा बस्ने गरेको बताएका छन्। पूर्ण रूपमा चिडियाघरलाई तारबारले घेरिएको छ।

सीसीटीभी फुटेजमा चिडियाघरका जनावर रेखदेख गर्ने व्यक्तिले सिंहहरू भागेको १० मिनेटभित्रै चेतावनीको घण्टी बजाइएको जनाइएको छ।

त्यसपछि कर्मचारीहरूले तुरुन्तै प्रतिक्रिया जनाएको र सबै मानिसहरूलाई सुरक्षित ठाउँमा लगेको डफ्फीले बताए। चारवटा सिंह ‘शान्त ढङ्गले आफ्नो बस्ने स्थानमा’ फर्किएको जनाइएको छ।सिंहहरूको प्रदर्शनीस्थलमा ‘शत प्रतिशत सुरक्षा’ सुनिश्चित गर्नका लागि थप निरीक्षण सम्पन्न नभएसम्म बन्द गरिएको छ।

अस्ट्रेलियाको चिडियाघरमा जनावरहरू भाग्नु दुर्लभ घटना हो। सन् २०१९ मा सिड्नीको दक्षिणमा रहेको मोगो चिडियाघरबाट एउटा सिंहिनी भाग्दा सार्वजनिक सुरक्षा जोखिमलाई ध्यान दिँदै गोली चलाएर उसलाई मार्नु परेको थियो।

तर सबै सिंहहरूलाई केही मिनेटमा नै नियन्त्रण लिइएको एक जना प्रवक्ताले बताएका छन्। उक्त घटनामा कोही पनि घाइते भने भएनन्।सिंहहरू भाग्नुको कारण दिइएको छैन। बीबीसी 

२०७९ कात्तिक १६ १५:२३ बजे

प्रतिक्रिया