काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता विदा दिने तयारी गरेको छ । शिक्षाध्यक्ष शिवलाल भूसालका अनुसा जाडोको विदामा समायोजन गर्ने गरी निर्वाचनमा विदा दिने त्यारी भएको हो । भेरै विद्यालयमा मतदान केन्द्र र धेरै विद्यायार्थी भोट दिन जाने भएकाले विदा दिन लागिएको उनले बताएका छन् ।
उनका अनुसार विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।
विद्यार्थीहरुले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरुले चुनावको समयमा लामो विदा दिन नहुने सुझाव दिएपछि जाडो महिनाको विदा नियमित समयमा नै दिने र चुनावमा एक हप्ता विदा दिने तयारी गरिरहेको शिक्षाध्यक्ष भूसालले बताए ।
प्रतिक्रिया