उ के क्रान्तिकारी

कविता

bimbonline मान बहादुर भण्डारी
२०७९ कात्तिक १५ १९:४७ बजे
मान बहादुर भण्डारी,

मान बहादुर भण्डारी,

लाचारी मनुवा के को क्रान्तिकारी ?

आफ्नो कमजोरी लुकाई ठूलो बन्न

आफैलाई मपाईँ ठानी सन्तुष्ट हुन

कथित ठूला बडाको बैशाखी टेकेर
उनैको ज्यू मजुरी गरि सपना देखेर

बस भने बस्यो उठ भने उठ्यो 
खा भने खायो सुत भने सुत्यो
त्यो के क्रान्तिकारी उ त दास हो
दासत्व मन पर्छ उस्लाई आजकल
ज्यू मजुरी गरे बापत मिल्छ फल
कतै भरिया बनेर उस्को साथ दिन्छ
कालोलाई सेतो भनेर जस उ लिन्छ
त्यो गरे बापत पद पैसा आश्रय पाउँछ
त्यसैले त उ उसैको क्याम्पमा धाउँछ

देशको कुरा गरि विदेश धाउँछ
धाक र धक्कु लगाई आफू रमाउँछ
अरुलाई कजाउँछ आफू कमाउँछ
उ के क्रान्तिकारी ? उ त व्यापारी ।

२०७९ कात्तिक १५ १९:४७ बजे

प्रतिक्रिया