आज देशका केहि पहाडी भु-भागमा आंशिक बदली रहने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १४ ०९:०२ बजे
आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको  जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार  आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान  महाशाखाले जनाएको छ । 

२०७९ कात्तिक १४ ०९:०२ बजे

प्रतिक्रिया