टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको पहिलो हार

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ २०:४९ बजे
टी–२० विश्वकप

काठमाडौं । टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन मात्रै बनायाे। टी–२० विश्वकपमा उत्कृष्ट सुरुवात गरेको भारतीय टोलीले प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।  भारतका लागि सूर्य कुमारले ४० बलमा ६ चौका र तीन छक्का सहित ६८ रन बनाए ।उनी बाहेक कुनै पनि भारतीय ब्याट्सम्यानले विशेष योगदान दिन सकेनन् ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए ।भारतले अफ्रिकी टोलीलाई जितका लागि १३४ रनको लक्ष्य दिएको थियो, जुन उसले अन्तिम ओभरमा पूरा गरेको थियो ।अफ्रिकी टोलीको जितका नायक बने एडेन मार्कराम र डेभिड मिलरले उत्कृष्ट पारी खेलेका थिए ।मिलरले चार चौका र तीन छक्का सहित अविजित ५९ रन खेले।एडेन मार्करामले ५२ रनको योगदान दिए ।मार्करामले आफ्नो पारीमा ६ चौका र एक छक्का प्रहार गरे ।

यो जितसँगै दक्षिण अफ्रिका समूह–२ को नम्बर एकमा उक्लिएको छ । योसँगै भारत दोस्रो नम्बरमा झरेको छ ।

२०७९ कात्तिक १३ २०:४९ बजे

प्रतिक्रिया