सोमालियामा कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु, ३०० जना घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ १४:१२ बजे
सोमालिया

काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको  ज्यान गएको छ । शनिबार शिक्षा मन्त्रालय बाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएको सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै जनाएका छन्  । 

‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वस्थ बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको त्यहाँका राष्ट्रपति हसन शेख मोहम्मदले बताएका छन् ।  

आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लिम लडाकू समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी रहेको छ । 

२०७९ कात्तिक १३ १४:१२ बजे

प्रतिक्रिया