काठमाडौं । पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् ।
पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङ्गटार(२, डाँडाझेरीको मथारमा दुर्घटना परेको हो ।
बस कालीगण्डकी कोरीडोरको सडकबाट १०० मिटरतल खस्दा बसमा सवार ३५ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएका सबैको उपचार भइरहेको छ ।
दुर्घटनामा परी पाल्पाको रम्भा गाउँपालिका १ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्याङ १ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताएका छन् ।
प्रतिक्रिया