दक्षिण कोरियामा हेलोवीन पर्वमा दर्जनौं व्यक्तिलाई हृदयघात भएपछि हंगामा मच्चीयो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ २२:२० बजे
हेलोवीन पर्व

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा भएको एक चर्चित कार्यक्रममा दर्जनौं मानिसलाई हृदयाघात भएको बताइएको छ । राष्ट्रपति युन सुक(योलले योङसान(गु जिल्लाको इटावानमा प्रतिक्रिया टोलीलाई तुरुन्त कारबाही गर्न आदेश दिएका छन् ।

भीडभाडका कारण ८१ जनालाई सास फेर्न गाह्रो भएको दमकल विभागले जनाएको छ । जसले हृदयघात जस्ता समस्या निम्त्याएको छ । महामारी पछि पहिलो पटक बाहिरी नो(मास्क हेलोवीन कार्यक्रम मनाउने क्षेत्रमा १ लाख मानिसहरू थिए। 

त्यहाँबाट केही भिडियोहरू सामाजिक सञ्जालमा पनि बाहिर आए, जसमा ठूलो भीडले घेरिएका धेरै मानिसहरूलाई आपतकालीन सेवाहरूले सडकमा उपचार गरेको स्पष्ट देख्न सकिन्छ । राजधानी सियोलको सडकमा धेरै मानिसहरु हेलोवीन मनाउन भेला भएका थिए । यस क्रममा भीड यति बढ्यो कि आतंकको वातावरण बन्यो । 

हेलोवीन संसारका धेरै पश्चिमी देशहरूमा मनाइन्छ। अहिले विश्वका धेरै ठाउँमा यो पर्व मनाइँदैछ ।भनिन्छ, हेलोवीनको रातमा चन्द्रमा आफ्नो नयाँ अवतारमा देखिन्छ।

२०७९ कात्तिक १२ २२:२० बजे

प्रतिक्रिया