काठमाडौं । ९ वर्षीया बालीकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका हुन् ।
२०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका वडा नम्बर ६ साविक जुकेना गाविस ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन)लाई जबरजस्ती करणी गरि फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।
जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । शितगंगा नगरपालिकाको वडा नं ४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले आरोपीलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया