के छेक्न सक्छौ र

कविता

bimbonline मान बहादुर भण्डारी
२०७९ कात्तिक ११ १९:०२ बजे
मान वहादुर भण्डारी

मान बहादुर भण्डारी,  काठमाडौं । 
न त रहरले
न त कुनै बाध्यताले 
जन्मिन्छ यहाँ 
नयाँ बस्तु आवश्यकताले ।

तिमी भित्रको
ढोंग ,निचता अभिमानले
सँगै बस्न दिएन
सहेर अपमान स्वाभिमानले।

तिम्रा फटाही अनि सतही
रटिरटान फोस्रा आडम्बरीले
न त उडाउन सक्यो
न पगाल्न सक्यो भुँवरिले।

अटल अनि सुरम्य
साहस बटुली क्रान्तिकारीले
बनाउँछ सुन्दर धारा प्रवाह
के छेक्न सक्छौं
उर्लँदो भेल भ्रान्तिकारिले।

२०७९ कात्तिक ११ १९:०२ बजे

प्रतिक्रिया