तनहुँमा २१ सुत्केरीलाई पोषण भत्ता

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० १४:०७ बजे

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही रु पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो ।

सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । “स्वस्थ्य बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक पर्ने भएकाले पोषिलो खाना आवश्यक पर्छ ।” उनले भने, “गर्भवती चरणदेखि नै महिलालाई स्वास्थ्य बनाउन गाउँपालिकाले यस कार्यक्रम ल्याएको हो ।”

महिलालाई स्वास्थ्य रहन बच्चा जन्मनुभन्दा पहिलादेखि नै नियमितरूपले स्वास्थ्योपचारका साथै बच्चा जन्मिसकेपछि गाउँपालिकाले सकेको आर्थिक सहयोग गर्दै आएको उनले बताए । “गाउँपालिकाले नेपाल सरकारले निर्धारण गरेको गर्भवती उत्प्रेरणा कार्यक्रमअन्तर्गत रु आठ सय र यातायात खर्च दिँदै आएका छौं”, उनले भने, “जनतासँगको सहकार्यका आधारमा हामीले सुत्केरीसँग अध्यक्ष कार्यक्रम ल्याएका हौँ, सुत्केरी पोषणभत्ता र यातायात खर्चले निम्न वर्गका लागि राहत हुने विश्वास गरिएको छ ।”

त्यसैगरी गाउँपालिकाले गर्भवती हुनका लागि घरबाट चौकीसम्मको एम्बुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरासम्म  एम्बुलेन्स सेवा पनि निःशुल्क दिँदै आएको छ । थर्पु स्वास्थ्यचौकीका सिनियर अहेव सूर्य श्रेष्ठले साउनदेखि हालसम्म स्वास्थ्यचौकीमा सुत्केरी भएका २१ महिलालाई पोषणका साथै यातायात खर्च प्रदान गरिएको जानकारी दिए । रासस 

२०७९ कात्तिक १० १४:०७ बजे

प्रतिक्रिया