युक्रेनलाई निरन्तर सहयोग र समर्थन रहने बेलायतका प्रधानमन्त्री सुनकको प्रतिबद्धता

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० १३:१४ बजे

 काठमाडौं । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

फोन वार्तामा दुई देशबीचको सम्बन्ध तथा आउँदा दिनमा सहयोग निरन्तरताबारे कुराकानी भएको छ । प्रधानमन्त्री सुनकले युक्रेनी नागरिकप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन निरन्तर रहने बताएका समाचार संस्था एएनआईले जनाएको छ । 

बेलायतका प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र नागरिकप्रति निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको असल मित्र देश रहेको र अबको युक्रेन पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभएको छ ।

पश्चिमा देशले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका छन् । रुसले गएको फेब्रुअरीदेखि युक्रेनमा आक्रमण थालेपछि मानवीय तथा भौतिक क्षति भएको छ । एजेन्सी

२०७९ कात्तिक १० १३:१४ बजे

प्रतिक्रिया