काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बुधबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं. ७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटनामा भएको हो ।
प्रहरीका अनुसार बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नं. ११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया