डिलाशैनी धामीगाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीय खुसी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० ०९:२९ बजे
बिजुली

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली बलेको छ ।  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नम्बर ७ मा रहेको गाउँपालिकाको केन्द्र धामी गाउँमा बिजुली  बलेको हो । 

उज्यालो डिलाशैनी अभियान अन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताएका छन् ।  डिलाशैनीका  सबै क्षेत्रमा बिजुली बत्ती पुर्याउनको  लागि आफु निरन्तर प्रयासमा रहेको जोशीले बताउका छन् । गाउँमा बिजुली बत्ती पुगेपछी स्थानियहरुमा  खुसीयाली छाएको छ । 

२०७९ कात्तिक १० ०९:२९ बजे

प्रतिक्रिया