दैलेखको नौमुल बजारमा कपडा पसलमा आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको क्षति

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० ०९:१७ बजे
आगलागी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुल बजारमा रहेको एउटा कपडा पसलमा आगलागीबाट ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।बिसाखर प्याकुरेलको कपडा पसलमा गएराति आगलागी भएको हो ।

आगलागीबाट झण्डै ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय नौमुलेको प्रारम्भिक अनुमान  रहेको छ । 

इलाका प्रहरी कार्यालय नौमुलेका प्रहरी प्रमुख तेजबहादुर बुढाथोकीका अनुसार पसलमा बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।  

२०७९ कात्तिक १० ०९:१७ बजे

प्रतिक्रिया