वर्षमा एकपटक मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १० ०८:४२ बजे
बालगोपालेश्वर मन्दिर

काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुने भएको छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको हो।बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ ।

२०७९ कात्तिक १० ०८:४२ बजे

प्रतिक्रिया