बंगलादेशमा आएको सितरंग आँधीका कारण २४ जनाको मृत्यु,२० हजार मानिसहरु भोलामा फँसे

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ९ १४:२६ बजे
सितरंग आँधी

काठमाडौं ।  बंगलादेशमा आएको सितरंग नामक आँधीमा परि  २४ जनाको  ज्यान गएको छ ।  बंगालको खाडीमा उत्पन्न सितरंग आँधीले तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा गराएपछि २४ जनाको ज्यान गएको हो ।

आँधीका कारण ८० लाख मानिसहरुमाझ विद्युतको आपूर्ति ठप्प भएको  जनाइएको । बंगलादेश सरकारका अनुसार आँधीले १० हजार घरमा क्षति पुगेको छ भने ६ हजार हेक्टरमा लगाइएका अन्नबाली पनि नष्ट भएको छ ।

आँधीले बंगलादेशको दक्षिणी एवम् दक्षिण–पश्चिमी क्षेत्रलाई प्रभावित बनाएको छ । अधिकांश मृतक ढलेको रुखले किचेर र भत्केको घरको भग्नावशेषमा पुरिएर मारिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशको युनाइटेड न्युज अफ बंगलादेश नामक समाचार संस्थाका अनुसार आँधीबाट आएका बाढीका कारण मुलुकको दक्षिणी भोला जिल्लामा २० हजार मानिसहरु फँसेका  जनाइएको छ । 

अधिकारीहरुले आँधीबाट जोगाउन लाखौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको  जनाएका छन् । 

२०७९ कात्तिक ९ १४:२६ बजे

प्रतिक्रिया