नेवा समुदायको आज मह पुजा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ९ ०८:०२ बजे
मह पुजा

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष मंगलवार र बुधवार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही ठाउँमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । एकथरी नेवार समुदायले हिजो नै म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने आज गर्दैछन् ।

आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

२०७९ कात्तिक ९ ०८:०२ बजे

प्रतिक्रिया