साथी हो , सपना देख्नुहोस्

सम्पादकीय

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ९ ०७:३२ बजे
सम्पादकीय

काठमाडौं । लेनिनले भनेका छन "हामीले सपना देख्नु पर्छ"  यो भनाइको ठुलो सैद्धान्तिक र व्यवहारिक महत्व छ। सपना देख्नुको अर्थ यो होकी  हामी आफ्नो देश ,काल  र परिस्थिति भन्दा टाढासम्म पुगेर, माथि उठेर तथा अगाडि  वढेर आजका चिजहरूलाई हेर्न र बुझ्न सक्नु पर्छ। त्यसको विपरित  जसले आफ्नो अगाडिका चिजवस्तु लाई त्यसरी हेर्न र बुझ्न सक्दैन उ यथास्थितिवादी बन्दै जान्छ। त्यति मात्र होइन उ आफ्नो अगाडि भएका विचार, अवस्था र स्थितिका पिछलग्गु हुन्छ र निराशावादी, पलायन र प्रतिक्रान्तिकारी बन्दै जान्छ। कतिपय व्यक्तिहरूले सिद्धान्ततः माक्सवाद –लेनिनवाद दर्शन र राजनीति लाई अपनाए पनि उनीहरूमा प्रायश। त्यसप्रकारको सपना देख्ने क्षमता हुदैन । प्रतिफल यो हुन्छ की उनीहरूको सोचाइ वर्तमान सामाजिक सोचाइ दृष्टिकोण, स्वभावको सिमा वाट बाहिर निस्कन सक्दैन।,उनिहरुको सोचाइमा भएको त्यो कमजोरीले व्यवहारमा उनीहरूलाई गैर-क्रान्तिकारी बनाइ दिन्छ। त्यसकारण एउटा क्रान्तिकारीले  सपना देख्नु पर्छ र जसले सपना देख्न उ नै क्रान्तिकारी हुन्छ।

सामान्य व्यवहारिक मानिसहरूले खाली आफ्नो अगाडिको यथार्थलाई मात्र   देख्दछ ।आजको हाम्रो अगाडिको जो यथार्थ हो हामी खोजे जस्तो र आशा गरे जस्तो छैन तर एकदम प्रतिकुल छ। देश भित्र क्रान्तिका मार्गमा थुप्रै बिघ्न वाधा  समस्याहरू छन ।क्रान्तिको तुलनामा प्रतिक्रान्तिका पक्षमा काम गर्ने शक्तिहरू कैयौँ गुना बढि  शक्तिशाली देखिन्छन। उनीहरूका दलाल, गधार, र विभिन्न प्रकारका अवसरवादीको शक्ति र संख्या कैयौँ गुना बढि छ। उनीहरूले क्रान्तिकारी शक्तिका विरुद्ध लगातार रुपमा प्रहार गरिरहेका छन्। अर्कोतिर क्रान्तिकारी शक्तिहरूको  संगठन र आन्दोलन कमजोर अवस्थामा रहेको छ। एकातिर दुश्मनहरूको हल्लाले ,अर्कोतिर आफ्नो पङतिमा बढ्दो निस्क्रियता, पलायन , अवसरवाद र गद्दारीका कारणले क्रान्तिकारी माक्सवादी –लेनिनवादीहरुलाई आफ्नो काम अगाडि बढाउन आर्थिक, मानवीय, भौतिक साधनको कमी र अभावको सामना गरिरहनु परेको छ।

आजको स्थितिमा पार्टी सदस्यहरूले आफ्नो पारिवारिक र व्यक्तिगत जीवनमा पनि काफी कठिनाइ र क्षतिको सामना गरिरहनु पर्दछ। प्रतिक्रान्ति, पलायन, अवसरवाद र गदारीले उनीहरूलाई व्यक्तिगत वा पारिवारिक जीवनमा कतिपय अवस्थामा आर्थिक सपन्नता, प्रसिध्दि वा सफलताहरूकाे बाटोबाट अगाडि वढाउँछ भने क्रान्तिको वाटोले उनीहरूलाई अफट्यारो पार्दै लैजान्छ।घरपारिवार सँगकोस्थिति  र सम्वन्ध विग्रिदै ,टुटदै जान्छ,।सामाजिक अपमान,तिरस्कारको सामना गर्दै जानुपर्छ।जसको सोचाइ आफ्ना अगाडिको यथार्थसम्म मात्र सिमित हुन्छ उनीहरूमा प्रतिकुल परिस्थितिको सामना गर्ने क्षमताको ह्रास हुदै जान्छ र निराशावादी वन्दै जान्छन। यस प्रकारको पतन वाट खाली त्यो अवस्थामा मात्र वच्न सकिन्छ जव हामीले आफ्नो आसपासको वातावरण,काल र परिस्थितिको परिधि भन्दा टाढा र अगाडि वाट हेर्न सक्दछौ वा उच्च सोचाइ राखेर सपना देख्न सक्छौ।

जव हामी ले त्यसरी सपना देख्न थाल्ने छौ,हाम्रा  अगाडि एउटा नयाँ दुनिया उभिन्ने छ(अत्यन्त सुन्दर, उज्जल सँसार । त्यो सँसार आजको हाम्रो आसपासको दुनिया भन्दा वेग्लै हुने छ।यस प्रकारको सपनाले हामीलाई क्रान्तिको वाटोमा वढ्नका लागी असीम आशा,उत्साह ,प्रेरणा, काममा असिम रुचि, आनन्द तथा आफ्ना सिदान्त र उदेश्यका लागी निरन्तर काम गर्ने तर त्यसको लागी सवै प्रकारको त्याग र वलिदानी गर्ने असिम क्षमता प्रदान गर्ने छ। हामीले जुन सपना देख्छौ त्यसको जग वास्तविकता माथि उभिएको हुनु पर्छ ।हाम्रो सपना ले समाजको विकाशको नियम र युगको प्रवाह सँग मेल  खानु पर्छ।

यसरी  जव  हामीले क्रान्तिकारी किसिमको सपना देख्न थाल्ने छौ ,हामीले आजको दुनिया भरी र स्वय हाम्रो देशको कठिन र प्रतिकुल स्थितिका वावजुद क्रान्तिका असिम सम्भावनाहरुलाई हाम्रा अगाडि उभिएको देख्ने छौ।देशभित्रका प्रतिक्रयावादी, दक्षिणपन्थी शक्तिहरूको दवदवा र वैभवका ठाउँमा उनीहरूका पतनका चिहानहरुलाई देख्ने छौ।आजको कमजोर पार्टी र क्रान्तिकारी सँघर्षका ज्वारभाटाहरु वाट क्रान्तिकारी सत्ता प्राप्तिको सपना देख्ने छौ ।आज स्वयम पार्टी भित्र  काफि प्रर्भाव जमाएका प्रतिक्रियावादी ,पुँजिवादी ,निम्नपुजिवादी र रुढिवादी सोचाइहरुका ठाउँमा महान सर्वहारा आन्दोलन सफल भएको देख्ने छौ। यस प्रकारका सपना ले आजको यथार्थ भित्र दवेर वसेका वास्तविक सत्यलाई हाम्रा अगाडि ल्याएर राखिदिने छ।

आज नेपालको पार्टी  र आन्दोलनको स्थिति माथि ध्यान दिदा सपना देख्नु आवश्यक छ। पार्टी र आन्दोलनको आजको यथार्थ अवस्था माथि मात्र ध्यान दिएर होइन त्यसमा अन्तनिहित र सम्भावित परिवर्तनहरु लाईअगाडि राखेर हेर्नु पर्दछ। अनि मात्र तिनिहरु प्रतिको हाम्रो दृष्टिकोण सहि र क्रान्तिकारी हुन सक्छ। 

नेपालको कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी दिशा,रुप र गति दिनका लागी पनि हामीले पार्टी र  क्रान्तिको उज्जल भविष्यको सपनाहरु देख्ने गर्नु पर्दछ। सपनाले हामीलाई वास्तविक घरातलमा उभ्याइ दिने छ ,हामीले आफुमा   क्रान्ति र भविष्य प्रतिको असिम आशावादिता,सवै दुश्मन र प्रतिकुल परिस्थितिका विरुद्द सङ्घर्ष गर्ने असिम जोश, उत्साह र सवै प्रकारका त्याग, वलिदान गर्न तयार हुने क्रान्तिकारी  मनोवल र आँट भरिएर आउने छ। त्यसकारण नयाँ र  पुराना पुस्ताका सवै साथिहरुले सपना देख्नुहोस्।

(मुखपत्र मशाल मा २०४३ वैशाख मा लेखिएको सम्पादकीय  रातोतरवार वाट साभार गरि सम्पादन गरिएका अँशहरु)

२०७९ कात्तिक ९ ०७:३२ बजे

प्रतिक्रिया